Sunday, May 27, 2012

कुरा ४ वर्ष, र ९ अर्बको होइन | कुरा त्यो ११ वर्षको हो, त्यो नेपाली आमाको हो जसले दिनहु आफ्नो छोरा छोरि को लास देख्नु पर्या थियो, कुरा ती नेताहरुको हो जसले देस बनाउछु भनेर आमा बाट छोरा छोरि छीनेर लेर गए | "हाम्रो राजा हाम्रो देस, प्राण भन्दा प्यारो छ " भनेर जपी राखने नेपाली राजालाइ लात हानेर निकाल्न पछि परेनन् नया संबिधान, नया नेपाल बनाउछु भनेर धेरैले धोक्रो ठोके तर संबिधान भने ,१ वर्ष, ६ महिना, ३ महिना भन्दा भन्दा ४ वर्ष त मासु भात र रक्सि खाएर, पस्स्पोर्ट र रक्तचन्दन बेचेर, गुण्ड गर्दी गरेरै बितैदिये | खोइ त के गरे, कसले बनायो हाम्रो नया नेपाल, कसले भनेको कुरा चै पुग्यो त ? कता गयो हाम्रो संबिधान ? कता गयो हाम्रो एकता ? कता गयो ती देस बनाउनी जोश? धिक्कार छ तिमि ६०१ लाई | अब त घर गएर आफ्नै छोरा छोरि लै पनि मुख नदेखाए हुन्छ | थुईक्क